एमसीसी र मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूले गरे प्रदर्शन



काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।
राजधानीको शंकरदेव क्याम्पसअघि मसाल जुलुसहित प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए । अनेरास्ववियूको मातृ पार्टी नेकपा (एकीकृत समाजवादी) सरकारमा समेत सामेल छ ।

प्रतिक्रिया दिनुहोस्