जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु



जुम्ला : जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ। यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको  निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए।

उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते मृत्यु भएको हो । “पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,” देवीलालले भने, “गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जङ्गलमा मृतावस्थामा भेटियो।” सो घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट एकदिनको बाटो भएकोले प्रहरी  पुग्न नसेकेको उनले बताए।  

प्रतिक्रिया दिनुहोस्