यू-१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई



काठमाडाैं : भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।  टस जितेर पहिलो ब्याटिङ राेजेको इंग्ल्यान्डले १८९ रन मात्र बनाउन सक्यो । १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा पुरा गर्‍यो ।

भारतका निशान्त सिन्धुले अविजित ५० तथा शैक राशीदले ५० रनको अर्धशतकीय इनिङ्स खेले । राज बाबाले ३५ रन जोड्दा हार्नोर सिंहले २१ रन जोडे । कप्तान यास धूलले १७ र दिनेश बानाले अविजित १३ रन बनाए । इंग्ल्यान्डका जेम्स सेल्स, थोमस र जोशुवा बोइडनले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।

खराब सुरुआत गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए । यस्तै जेम्स सेल्सले अविजित ३४ तथा जर्ज थोमसले २७ रन जोडे । भारतका राज बावाले ५ तथा रबि कुमारले ४ विकेट लिए । यो सँगै यू-१९ विश्वकपमा भारत  पाँचौँ पटक उपाधि जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्