ईपीएल क्रिकेटमा आज काठमाडौँ र पोखरा भिड्दै



काठमाडौँ : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज एक मात्र खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौँ किंग्स इलाभेन र पोखरा राइनोज प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिने छ भने पोखराको कमान विनोद भण्डारीले सम्हाल्ने छन् । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको काठमाडौँ आज दोस्रो जितको खोजिमा हुने छ । भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ ।

सोमबार विराटनगर वारियर्स र काठमाडौँ बीचको खेल वर्षाले स्थगन भएको थियो। यस्तै पोखरा र भैरहवा ग्लाडिएटर्सबीचको खेल पनि वर्षाका कारण बीचमै रोकिएपछि अंक बाँडिएको थियो। प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्