भेडीगोठ कृषक समूहलाई आधुनिक मेसिन वितरण



लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका अन्तर्गतका पाँच कृषक समूहलाई मेसिन प्रदान गरेको हो ।

केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली उन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक समूह ताराचोक, पुस्तुन नाइचे भेडीगोठ कृषक समूह भीरपुस्तन र अन्नपूर्ण पशुपालन कृषक समूहलाई उन प्रशोधन सहयोगार्थ मेसिनहरू उपलव्ध गराएको हो ।

गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख एवं पशुचिकित्सक डा.पवन श्रेष्ठका अनुसार केन्द्रले प्रतिसमूहलाई ४८ हजार बराबरको आधुनिक मेसिन उपलव्ध गराएको छ। उक्त मेसिन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गरेका हुन् । आधुनिक प्रविधिको मेसिन तथा चर्खाले उन काट्न सहज र समयको सदुपयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्