एमसीसीको विषयमा पार्टीको अडान परिवर्तन हुँदैनः नारायणकाजी श्रेष्ठ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा पार्टीले गरेको निर्णय परिवर्तन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले भनेका छन्, ‘प्रम देउवा र अध्यक्ष कड्डप्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।’

एमसीसी पास नगर्ने पक्षमा पार्टी दृढ रहेको भन्दै उनले लेखेका छन्, ‘पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन ,सकिदैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्