पहिलो एकदिवसीयमा भारत विजयी



काठमाडौं : भारतले वेस्ट इन्डिजलाई पहिलाे एकदिवसीय क्रिकेटमा ६ विकेटले पराजित गर्दै तीन खेलकाे शृङ्खलामा १-० काे अग्रता बनाएको छ ।अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ ।

घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए ।  सूर्यकुमार यादवले ३४, ईशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै  १७६ रनमा समेटियो।

वेस्ट इन्डिजका जासन होल्डरले  सर्वाधिक ५७ रन बनाए । फाबियन एलनले २९ र  निकोलस पुरन तथा ब्राभोले १८-१८ रनको योगदान गरे। भारतका युजवेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए । दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्