सेनेगलले जित्यो अफ्रिकी कप अफ नेसन्सको उपाधि 



काठमाडाैं : अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा सेनेगल ४-२ ले विजयी भयो। पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलोकालिडोउ कुलीबालीले गोल गरे भने बोउना सार गोल गर्न असफल रहे। 

इजिप्टका मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुकेका थिए भने अहमेद सायद र मार्वान हाम्दीले गोल गरे। खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुग्नु अघि दुबै टोलीले केही अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्। 

प्रतिक्रिया दिनुहोस्