पीएसजीको फराकिलो जित



काठमाडाैं : फ्रेन्च लिग वान अन्तर्गतको आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। जितसँगै (पीएसजी) ले १३ अङ्कको अग्रता बनाएको छ।  

खेलमा डानिलो पेरिएर पीएसजीका लागि सुरुआती गोल गरेका थिए तर २८ औं मिनेटमा स्भेन बोटम्यानले गोल गर्दै लिललाई १-१ को बराबरीमा पुर्‍याएका थिए।  खेलको ३२ औं मिनेटमा प्रेसनल किमपेम्बेले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए। लियोनल मेस्सीले ३८ औं मिनेटमा गोल गरे भने दोस्रो हाफको ५१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए।

खेलको ६७ औं मिनेटमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-१ को सहज जित दिलाएका थिए। शीर्ष स्थानको पीएसजीले २३ खेलमा ५६ अंक बनाएको छ। लिल ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्