एथ्लेटिको मड्रिडमाथि बार्सिलोनाको सहज जित



काठमाडाैं : स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि ४–२ गोल अन्तरको सहज जित हात पारेको छ । आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो ।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ। बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र  डानी अल्भेसले १-१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे । खेलको ६९औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको  थियो । 

जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ। एट्लेटिकोको समान खेलबाट ३६ अङ्क छ । राति  नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १-० को कठिन जित निकाल्यो । रियलको जितमा मार्को एसेन्सियोले ७४औं मिनेटमा निर्णायक गोल गरे ।  जितसँगै रियल २३ खेलबाट ५३ अङ्क सहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट  २४ अङ्क बनाएको ग्रानडा १६औँ स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्