मौसमसँगै बदलिने कुण्डको रंग (फाेटाे फिचर)



काठमाडाैं : मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला। काठमाडौंबाट सबैभन्दा नजिकको गोसाईंकुण्ड यात्राका क्रममा पैदलयात्रुले बाटोमै देख्छन्, गणेश र लाङटाङ हिमाल।

समुद्री सतहदेखि ४३८० मिटर उचाइमा रहेको यो कुण्ड धार्मिक पर्यटनसँगै पैदलयात्राका लागि प्रसिद्ध छ। स्वदेशी तथा विदेशी पर्यटकका लागि काठमाडौंबाट सबैभन्दा छोटो पैदलयात्रा रुटमध्ये एक हो– सुन्दरीजलको बाटो। जुन काठमाडौं–सुन्दरीजल–चिसापानी–कुटुमसांग–गोपटे हुँदै गोसाईंकुण्ड पुग्न सकिन्छ।

यहाँ पुगेर फर्कन जम्मा ४ दिन लाग्छ। यतिबेला गोसाइकुण्डको मौसम सबैभन्दा राम्रो मानिन्छ। हिमाली पैदलयात्रा भन्नेबित्तिकै लामो समय पैदल हिँड्नु पनि हो।

पैदलयात्रामा निस्कनुअघि वाकिङ स्टिक, चिसो ठाउँमा जाने भएकोले बाक्लो ज्याकेट, पानीको बोतल, चिसोबाट आँखालाइ बचाउन चस्मा, लोसनको व्यवस्था आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस्