निर्वाचन आयोगले आईटी विज्ञसँग छलफल गर्ने



काठमाडौं : स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताएका छन् । छलफलका लागि आज दिउँसो १ बजे हुन लागेको उनले बताएका छन् ।

उनले भने, ‘विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, एउटा दुईटा जिल्लामा सम्भावना छ कि, सहरमा छ कि, नगरपालिकामा छ कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाइएको हो ।’

काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावना बताइएको छ । कार्यदललाई आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्