चारदेशीय टी–२० सिरिजमा नेपालले आज यूएईको सामना गर्ने



काठमाडौं । चारदेशीय टी–२० सिरिज अन्तर्गत नेपालले आज (शनिबार) यूएईकोे सामना गर्दैछ। शुक्रबार पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा बलियो टोली यूएईविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रन लागेकाे हो ।

नेपाल र यूएई बीचको खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजेबाट ओमानको अल इमिरात मैदानमा सुरु हुनेछ। नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

युएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । युएईविरुद्धको पछिल्लो तीन भेटमा नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्