बिहीबार देशभरका मौसम सामान्यतया सफा रहने



काठमाडौं । बिहीबार देशभरका मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।
पहाडी भूभागको मौसम भने आंशिक बदली रही बाँकी क्षेत्रमा सफा नै रहेको छ ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्