ताप्लेजुङमा सर्पको डसाइबाट एक युवकको मृत्यु



काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विषालु सर्पको डसाइ (टोकेर) बाट एक युवकको मृत्यु भएको छ ।
सर्पको डसाइबाट फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको शनिबार विहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवका अनुसार जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको हो ।
दशैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो ।
उपचारको क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्