स्पोर्टिङमाथि सिटीको सानदार जित



काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित हात पारेको छ। सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि उसकै मैदानमा ५–० गोल अन्तरले पराजित गरेको हो।

पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ। बुधबार बिहान सम्पन्न खेलमा सिटीको जितका लागि बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक- एक गोल गरे । सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौँ मिनेटमै अग्रता बनाएको थियो ।

उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेकाे हाे । अब दोस्रो लेग २२  मार्चमा सिटीको घरेलु मैदान इतिहाद रङ्गशालामा हुनेछ  । 

 

प्रतिक्रिया दिनुहोस्