देशलाई निकास दिन कांग्रेस सरकारमा : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नचाहँदा नचाहँदै कांग्रेसले सरकारमा गएको दाबी गरेका छन् ।
बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास दिन कांग्रेस सरकारमा आएको उनले बताए ।
गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका खाँणले देशलाई निकास दिन वाध्यतावश कांग्रेसले दलहरुसँग गठबन्धन गरेर सरकारको नेतृत्व लिएको बताए । ‘बहुमत पाएको पार्टी र प्रधानमन्त्रीले पार्टी झगडाका कारण चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरु दलसँग गठवन्धन गरेर सरकारमा गएको हौं, उनले भने ।
गृहमन्त्री खांणले भैरहवा विमानस्थल छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक प्रयास गरिरहेको बताए । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पार्दैछौं,’ उनले अघि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्