बानेश्वरमा प्रहरी र एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबीच झडप



काठमाडाैं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा झडप भएको हो । 

प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् ।  प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैनलगायत नारा लगाएका छन् । प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्