वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा भारत विजयी



काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको  जित निकाल्दै शृङ्खलामा १-० को अग्रता बनाएको छ।  बुधबार कोलकत्तामा  १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो। 

भारतका  कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा   सूर्यकुमार यादवले  अविजित ३४ रनको योगदान गरे । यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको  वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो। वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे।

भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्