फुटबल टिमका पूर्व कप्तान हरि खड्का दोषी ठहर



काठमाडौं । नक्कली प्रमाणपत्र मुद्धामा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरु अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्कालाई दोषी ठहर गरेको हो ।

अख्तियारले गत माघ १२ गते खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल प्रहरीमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्