थप ५५७ संक्रमित, ३ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ हजार ६२५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ६१ जनाको पिसिआर र १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, ८७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।
हाल सक्रिय संक्रमित १० हजार २०१ छन् ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा २०९ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्