इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन



इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । उनी  ६७ वर्षका थिए ।

इजिप्टका सञ्चार माध्यमका अनुसार अदालतमा बयानका लागि उपस्थित भएपछि मोहम्मद मोर्सी बेहोस् भएका थिए ।  

सन् २०११ को अरब आन्दोलनपछि मोर्सीले इजिप्टमा रहेको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाएका मोर्सी इजिप्टका प्रथम निर्वाचित राष्ट्रपति थिए । 

तर ४ वर्षे शासन पूरा गर्न नपाउँदै मोर्सीले सेनाको कूका कारण सन् २०१३ मै सत्ताच्यूत हुनु परेको थियो । 

प्रतिक्रिया दिनुहोस्