गोली प्रहारबाट एकै परिवारका चार जनाको मृत्यु



एजेन्सी : अमेरिकाको पश्चिमी डेस मोइनेस शहरमा अज्ञात समूहको गोली प्रहारबाट एकै परिवारको चार सदस्यको मृत्यु भएको छ । अज्ञात समूहले घरभित्रै पसेर भारतवंशी परिवारको गोली प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ।   

गत शनिबार भएको सो घटना छिमेकीले खबर गरेपछि सार्वजनिक भएको प्रहरीले बताए । 

मृत्यु हुनेमा चन्द्रशेखर सुनकारा, लावण्या सुनकारा र दुई छोराहरु रहेका छन् । 

एक प्रहरी अधिकारीका अनुसार उनीहरुको गोली प्रहरबाट मृत्यु भएको हो । घटनास्थलमा केही राउण्ड फायरिंग भएको तथ्य फेला परेको प्रहरीले बताए । उनीहरुको हत्या केका लागि भएको हो त्यसबारे केही थाहा नभएको प्रहरीले बताए । 

चन्द्रशेखर करिब ११ वर्षदेखि इन्फोर्मेशन टेक्नोलोजी डिवार्टमेन्टमा कार्यरत थिए । 

        

प्रतिक्रिया दिनुहोस्