लुम्बिनीमा माया कम्प्लेक्स



काठमाडौं । सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ। माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो। क्षेत्रीय विस्तारको एक भागको रूपमा सीई कन्स्ट्रक्सनले रूपन्देहीमा आफ्नो पदचिह्न विस्तार गरेको हो। सीईले त्यहाँं आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने परियोजना प्रस्तुत गरेको हो।

पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ। त्यसमा ४० रोपनी जग्गामा फैलिएको ४८ इकाई स्वतन्त्र आवास हुने छन्। आयोजना बुद्धचोक, भैरहवाबाट ६ किलोमिटर र राजमार्गबाट १ दशमलव १ किलोमिटरको दूरीमा अवस्थित छ।

‘ओन योर ओन होम’ नामक ट्यागलाइनको साथमा यो परियोजना ल्याइएको हो। सबै सुविधाहरूको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेहरूका लागि यो परियोजना लक्षित छ। माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र त्यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्ने अन्य सुविधाहरू हुने छन्।

२ हजार ६० वर्ग फुटदेखि २ हजार २ सय वर्ग फुटसम्मको निर्माण क्षेत्र रहेको आधुनिक र परम्परागत लुकको संयोजनमा साढे २ तले भवनको डिजाइन त्यहाँं गरिएको छ। विकासकर्ताहरूले घर खरिदकर्ताहरूलाई छनोट गर्नका लागि ३ प्रकारका डिजाइनहरू प्रस्ताव गर्नसक्ने जनाइएको छ।

चार बीएचके हाउसमा भान्छा घर, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बालकनी र कोठरी हुने छन्। विकासकर्ताहरुका अनुसार उनीहरुले सम्पत्तीको बुकिङ खुला गरिसकेकाले आवश्यकता अनुसार प्लट छनोट गर्न सक्ने छन्। ‘यो अत्याधुनिक आवासीय कम्प्लेक्स सुरु गर्नुको मुख्य उद्देश्य जीविकोपार्जन र आरामदायी जीवनयापनको स्तर उकास्ने हो, सीई कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक विजय राजभण्डारीले भने, ‘हामीले पहिलो चरणको मात्रै थालनी गर्दैछौं। अर्को चरणमा अपार्टमेन्ट र कमर्शियल कम्प्लेक्सको निर्माण गर्दैछौं।’ उनले माया कम्प्लेक्सलाई यस क्षेत्रको ल्यान्डमार्क बन्ने परिकल्पना गरेको पनि बताए।

सीई कन्स्ट्रक्सनं प्रालि २९ वर्ष अगाडि स्थापित नेपालकै सवैभन्दा पुरानो अनि विश्वसनीय रियल स्टेड (हाउजिङ, अपार्टमेन्ट निर्माण गरिदिने) कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्