काँग्रेस नेता रिजालले बाँडे १५३ विपन्नलाई चामल



सर्लाही । नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रव रिजालले सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गरेका छन् ।
लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा वडा नं. –९ का अतिविपन्न १५३ परिवारलाई २० किलोको एक÷एक बोरा चामल वितरण गरेका हुन ।
कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका थिए । उनले आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आइरहेका छन् । आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिई रहने उनले बताए । पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने उनले बताए ।
चामल वितरण कार्यक्रममा बोल्दै कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका प्रमुख अतिथि सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे ।
उनले आउदै गरेको स्थानीय निकाय लगायतका चुनावमा जनताले बिचार गरेर मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्