चारा घोटालामा बिहारका पूर्वमुख्यमन्त्री यादवलाई ५ वर्ष जेल सजाय



एजेन्सी । विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ। विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवान समेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो ।

यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्