कक्षा कोठामै शिक्षिका मस्त निद्रामा 



कैलाली : डोटीको बडीकेदार गाउँपालीका ३ बर्छैन्मा रहेको बर्छैन उच्च माध्यामीक विद्यालयको कक्षा कोठामै शिक्षि मस्त सुतिरहेको अवस्थामा भेटीएकी छिन् । 

विद्यालयको १ कक्षामा कक्षा सञ्चालन भइरहेको अवस्थामा शिक्षीका मिना मल्ल कार्पेट बिच्छाएर छेउमा सुतिरहेकी र बिद्यार्थीहरु किताब खोलेर पढ्दै गरेको अवस्थामा भेटिएकी हुन् । 

यसरी कक्षा कोठामा पढाउने समयमा शिक्षिमानै सुतेपछी विद्यार्थीहरुको मानसिकतामा नकारात्मक असर पर्ने र कलीला बालबालीकाको भविष्यमाथी खेलवाड गरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरेका छन् । 

स्थानिय लोकेन्द्र बोगडटीले भने राती नसुतेको भए बिदा लिएर घरमै सुत्नु पर्थो हैन भने किन कक्षाकोठामा आएर सुत्नु, उनले आपत्ती जनाउदै शिक्षिका मल्लले लापरबाही गरेको बताए । 

यता विद्यालयका प्रधानध्यापक ईन्द्र बमले प्राथमीक तहमा अध्यापन गराउने शिक्षिका मल्ल सामान्य अवस्थामै रेष्ट गरिरहेको जानकारी दिए । 

उनले शिक्षिका मल्लले अघिल्लो दिनराती आमा बिरामी हुँदा अस्पतालमा कुरुवा बस्नु परेको कारण उनिदो भएको र विद्यालयबाट बिदा पनी नलिएको कारण बच्चाहरुलाई काम दिएर एकछिन् पल्टीएको बताए । 

उनले यो विषयमा शिक्षिका मल्ललाई थप स्पष्टीकरण माग गरको र आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने पक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्