चीनविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर



काठमाडौं । युरोपेली संघले चीनविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ ।
रोयटर्सका अनुसार ईयूले चिनियाँ अदालतहरुले युरोपेली कम्पनीहरुलाई उनीहरुको दूरसञ्चार प्रविधिको पेटेन्ट रक्षा गर्न रोकिरहेको भन्दै चीनविरुद्ध मुद्दा हालेका हो ।
ईयूको तर्फबाट युरोपेली आयोगले उक्त मुद्दा दायर गरेको हो । युरोपेली कम्पनीहरुलाई विदेशी अदालतमा जान पनि नदिइएको उल्लेख छ ।
सोही कारण उनीहरुको स्ट्यान्डर्ड एसेन्सियल पेटेन्ट सुरक्षा गर्न चुनौती देखिएको बताइएको छ । युरोपेली आयोगले संयुक्त राज्य अमेरिका र जापानसँग पनि यसबारे परामर्श गरेको छ । यी दुवैले पनि यही समस्या भोगिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्