युक्रेनका दुई क्षेत्र स्वतन्त्र राज्य भएको पुटिनको घोषणा



बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिएका छन्। उनको यो घोषणासँगै रुस र युक्रेनको सीमा क्षेत्रमा जारी तनाज झनै बढ्ने देखिएको छ । रुसी समर्थक पृथकतावादीको नियन्त्रणमा रहेका लुहान्स्क र डोनेस्कले स्वतन्त्र राज्यको मान्यता पाएका हुन् ।

पुटिनले स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । सोमबार राति सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन् । यी दुई क्षेत्रमा सन् २०१४ देखि विद्रोहीहरु युक्रेनसँग लड्दै आएका थिए । शान्ति वार्तापछि केही समय युद्धविराम भएको थियो ।

बीबीसीका अनुसार पश्चिमा राष्ट्रहरुलाई अब रुसी सेना पूर्वी युक्रेनमा प्रवेश गर्ने बहाना पाएको बताएका छन्। पुटिनले हस्ताक्षर गरेसँगै ती क्षेत्रमा रुसी सैनिकले शान्ति कायम राख्ने काम गर्ने जनाइएको छ। शान्तिको नाममा रुसी सैनिकले त्यहाँ के गर्नेछन् भन्ने अहिले नै स्पष्ट नभएको समाचारमा जनाइएको छ ।

उता रुसले आफ्ना दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युक्रेनले कडा जवाफ फर्काएको छ। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले उनले आफूहरुको प्रमुख माग प्रतिबन्ध लगाउनु रहेको उल्लेख गरेका छन्। ‘म रुसको अवैध कदमको जवाफमा उसलाई कडा प्रतिबन्ध लगाउन माग गर्छु’, सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्