अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड शिर्ष स्थानमा



काठमाडौं : १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इङ्ल्याण्डले अफगानिस्तान १५० रनले हशराउँदै तालिकाको शिर्ष स्थानमा पुगेको छ। जितका लागि ३ सय ९८ रनको विशाल लक्ष्य पाएको पाकिस्तान पूरै ५० आभर खेल्दै ८ विकेटको क्षतिमा २४७ रनमा समेटिएको थियो।

अफगानिस्तानका लागि मध्यक्रमका ब्याटस्मेन हशमतुल्लाह शाहिदिले सर्वाधिक ७६ रन बनाए। ४६ ओभरको पाँचौ बलमा जोफ्रा आर्चरले बोल्ड आउट गर्नु अघि उनले १ सय बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै रामत शाहले ४६ रन बटुले। आदिल राशिदले जोनी बेयरस्टोबाट क्याच आउट गराउनु अघि शाहले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै अस्गर अफगानले ४८ बलमा ३ चौका र २ छक्का सहित ४४ रनको योगदान दिए। चौथो विकेटको लागि अस्गर र हशमतुल्लाहले ९४ रनको फराकिलो हारको अन्तर घटाए। अफगानिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन्।

ओपनर नुर अली जदरानलाई जोफ्रा आर्चरले दोस्रो ओभरको दोस्रो बलमा शुन्यमा बोल्ड आउट गरे। कप्तान गुलबदीन नाइबले २८ बलमा ४ चौका र १ छक्का सहित ३७ रनको योगदान दिए। मोहम्मद नाबी ९,नजिव हुल्लाह १५ र राशिद खान ८ रनमा आउट भए। 

इंग्ल्यान्डका लागि आदिल राशिदले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै जोफ्रा आर्चर पनि ३ विकेट लिए। मार्क उडको नाममा २ विकेट रह्यो।

पहिलो इनिङमा म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको इङ्ल्याण्डले पूरै ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनायो। विश्वकपमा इङ्ल्याण्डले बनाएको यो अहिलेसम्मकै उच्च योगफल समेत हो।

इङ्ल्याण्डका लागि कप्तान इयोन मोर्गनले शानदार प्रदर्शन गर्दै सर्वाधिक १४८ रनको योगदान दिए। मात्र ७१ बलको सामना गरेका मोर्गनले ४ चौंका र १७ छक्का प्रहार गरे।

योसँगै मोर्गन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन्। उनले वेस्ट इन्डिजका क्रिस गेलको रेकर्ड तोडेका हुन्। मोर्गनले मात्रै ५७ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका थिए। चौका र छक्काको वर्षा गराएका मोर्गनले ४३ ओभरको अन्तिम बलमा राशिद खानलाई छक्का प्रहार गर्दै विश्कपमा आफ्नो पहिलो शतक प्रहार गरे।

ओपनर जोनी बेयरस्टोले ९० रन बनाए। शतक बनाउन मात्र १० रनले चुकेका बेयरस्टोले ३० ओभरको पाँचौ बलमा आउट हुनुअघि ९९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। बेयरस्टो र रुटलो दोस्रो विकेटका लागि १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इङ्ल्याण्डलाई बलियो अवस्थामा पुर्याएका थिए। जोई रुटले पनि ८८ रनको महत्वपूर्ण पारी खेले। ४६।४ ओभरमा आउट हुनुपूर्व रुटले ८२ बलमा ५ चौंका र १ छक्का हिर्काए।

त्यस्तै मोइन अलीले ९ बलमा १ चौंका र ४ छक्कासहित नटआउट ३१, अर्का ओपनर जेम्श भिन्स २६, जस बटलर र बेन स्टोकले २–२ र क्रिस वक्सले १ रन बनाए। अफगानिस्तानका लागि अफगानिस्तानका लागि कप्तान गुवदीन नाइब र दलावत जदरानले समान ३ विकेट हात पारे। लेग स्पिनर राशिद खानले ९ ओभरमा १सय १० रन खर्चेपनि कुनै विकेट लिन सकेनन्।

इङ्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ। ४ खेलमा ३ जित र १ हार व्यहोरेको इङ्ल्याण्डको ६ अंक छ। जारी विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम हो। ४ खेलमा अफगानिस्तानले ४ खेल नै गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्