बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी भवन शिलान्यास



कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ७ मानपुरस्थित सेखुनिया तालको किनारमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पूजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन् ।
दुई तले भवनमा तल्लो तल्लामा स्वास्थ्य जाच र बर्थिङ सेन्टर तथा माथिल्लो तल्लामा कर्मचरी निवास रहेका छन् । स्थानीय समाजसेवी रामेन्द्र प्रताप सिंहले बर्थिङ सेन्टर सहीतको स्वास्थ्य चौकी भवन निर्माण भए पछि यो वडा सहीत २ दर्जन बढी गाउँका बासीन्दालाई स्वास्थ्य उपचारमा सहजता हुने बताए । मानपुरमा स्वास्थ्य चौकी भवन भए पनि पुरानो र जीर्ण अवस्थामा रहेको छ ।
त्यसैले नगरपालिका र वडाको सल्लाह अुनुसार नया ठाउमा साढे ४ कठ्ठा क्षेत्रफलमा भवन निर्माण सूरु गरिएको हो । नेपाल सरकारको विशेष अनुदान अन्र्गत नगरपालिकामा भवन निर्माणकालागि १ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केवरराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्