रुसी बम हमलामा ७ युक्रेनीको मृत्यु, १९ जना बेपत्ता



एजेन्सी । रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ। ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्।  सो हमलामा १९ युक्रेनी हराइरहेका छन् ।

त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को  हमलामा थप एक जनाको मृत्यु भएको छ। रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ। केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरूमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्