रुस युक्रेनको युद्धका कारण च्याम्पियन्स लिगको फाइनल खेल रद्द



काठमाडौं । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल सारेको हो ।
शुक्रबार बसेको युरोपियन फुटबलको सर्वोच्च निकायको आकस्मिक बैठकले रूसमा गर्ने भनिएको फाइनल पेरिसमा गर्ने प्रस्ताव गरेको छ । फाइनल २८ मेमा सेन्ट पिटर्सवर्गको गाज्प्रोम एरेनमा हुने तय थियो ।

प्रतिक्रिया दिनुहोस्