ब्रिगेड ब्वाइजसँग अंक बाँड्दै थ्रीस्टार लिगबाट बाहिरियो



काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगबाट थ्रीस्टार बाहिरिएको छ ।
रेलिगेसनमा परेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग अंक बाँड्दै थ्रीस्टार क्लबले लिगबाट बाहिरिएको हो ।्
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टार र बीबीसीले एक एक गोलको बराबरी गर्दै अंक बाँडे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो ।
खेलको ५६ औँ मिनेटमा बीबीसीका प्रशान्त तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा डोना थापाले गोल गर्दै थ्री स्टारलाई हारबाट बचाए ।
बराबरीसँगै थ्री स्टारले १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा लिग सकेको छ । बीबीसी भने १३ औँ स्थानमा रहेर बी डिभिजनमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्