अन्तिम चरण अन्तर्गत आज तीन खेल हुँदै



काठमाडौं । सहिद स्मारक ‘ए डिभिजन लिग’ आजबाट सकिँदै छ। लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेल हुँदैछन्। जसमध्ये दुई दशरथ रंगशाला र एक एन्फा कम्प्लेक्समा हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ।

आर्मी र मनाङ आज जित निकाल्दै सिजनको सुखद् अन्त्य गर्न चाहन्छन्। आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो तथा मनाङ १२ खेलमा २० अंकका साथ पाँचौं स्थानमा छन्।

दिउँसो १ बजे नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबको सामना गर्नेछ। दुवै टोली आज जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने सोचमा हुनेछन्।  एनआरटी १२ खेलमा २० अंक जोडेर चौंथो तथा पुलिस १२ अंकका साथ ११ औं स्थानमा छन्।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा लिग विजेता मछिन्द्रले एपिएफ फुटबल क्लबको सामना गर्नेछ। लिगको अन्तिम खेलको रूपमा रहेको यो खेल साढे चार बजे सुरु हुनेछ।

मछिन्द्र एपिएफलाई हराएर अपराजित रहँदै लिगको अन्त्य गर्ने प्रयासमा हुनेछ। एपिएफ पनि जितका साथ लिग सकाउन चाहन्छ। समान १२ खेलबाट मछिन्द्र ३२ अंक जोडेर शीर्षमा रहँदा एपिएफ १५ अंकका साथ आठौं स्थानमा छ।

यो संस्करणमा मछिन्द्र फुटबल क्लबले उपाधि उचाल्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्