टि-२० वरीयतामा नेपालको दुई स्थान सुधार



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि-२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आइसिसीले शुक्रबार जारी गरेको नयाँ वरीयतामा १८६ रेटिङ प्वाइन्टका साथ नेपाल १३ औं स्थानमा छ ।

यसअघि नेपाल १५ औं स्थानमा थियो । २६९ रेटिङ प्वाइन्टका साथ भारत शीर्ष स्थानमा रहँदा समान रेटिङ प्वाइन्ट भए पनि इंग्ल्याण्ड दोस्रोमा छ ।

पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज अफगानिस्तान, बंगलादेश र श्रीलंका क्रमशः तेस्रोदेखि १० औं स्थानमा छन् । एक दिवसीयतर्फ भने नेपाल १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्