नेपालमा आज १४ घण्टापछि सूर्यास्त हुने 



काठमाडौं : आज जुन २१ तारिख अर्थात् पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्ररी गोलाद्र्धमा दिन लामा हुने गर्छ । आज काठमाडौंमा बिहान ५ बजेर ९ मिनेटमा उदाएको सूर्य बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ। जुन २१ देखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिन्छ। 

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुने र राता छोटो हुने गर्छ । 

तर, अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ। डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ।

 

प्रतिक्रिया दिनुहोस्