भारतकाे विमानस्थलबाट खाडी देश जान सिफारिस पत्र अनिवार्य



काठमाडौं : भारतको विमानस्थल प्रयोग गरी खाडीका देश जान भारतस्थित नेपाली दूतावासबाट अनिवार्य रूपमा सिफारिसपत्र लिएर जानुपर्ने भएको छ।

साउदी, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिविया र लेवनान जाँदा दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन सर्टिफिकेट) आवश्यक पर्ने छ। सिफारिस पत्र बिना अध्यागमन पार गर्न पाइँदैन।

त्यो देश जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिले हस्ताक्षर गरेर निवेदन दिनुपर्ने छ। साथमा पासपोर्ट, गन्तव्य देशको हवाई टिकट र भिसा, वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार विभागले जारी गरेको श्रम स्वीकृतिको प्रतिलिपिलगायत कागजात पेस गर्नु पर्नेछ।

साथै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने पनि दूतावासले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्