नेपाल सुपर लिगको अक्सन शुक्रबार



काठमाडौं ।नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि आउँदो शुक्रबार खेलाडीको अक्सन गरिँदै छ । प्रतियोगिताका टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगो लगाएका छन् ।
प्रतियोगिताका पुराना सात टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगाइसकेका छन् । तर, नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लबले भने अझै प्रशिक्षक र मार्की खेलाडी टुंगो लगाउन सकेका छैनन् ।
प्रतियोगिता आउँदो अप्रिल ९ देखि मे २१ सम्म हुने आयोजकले जनाएको छ । यद्यपि, प्रतियोगिता अप्रिल ६ देखि सुरु हुने भनिएको छ । आयोजक नेपाल सुपर लिगले अक्सनका लागि २४० भन्दा धेरै खेलाडीको नाम तय गरेको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ । ‘ए’ श्रेणीमा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ श्रेणीमा समान १०० खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्