चर्च ब्वाइजको विजयी सुरुआत



काठमाडौं । चर्च ब्वाइज क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५-२ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सुखद सुरुआत गरेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अगरता दिलाएका थिए । खेलको १७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । खेलको २१ औं मिनेटमा विकाश राईले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

आशिषले खेलको ३३ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४-० को अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा टुसालका गिलेस्पी जंग कार्कीले पेनाल्टीमा गोल गर्दै खेल ४-१ को स्थातिमा ल्याए । खेलको ८५ औं मिनेटमा कुबेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा टुसालका उत्तम शाहीले गोल गरेपनि चर्च ब्वाइज ५(२ ले विजयी भयो । जितसँगै चर्च ब्वाइजले ३ अंक जोडेको छ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ुएु लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्