कांग्रेसमा किन बस्दै छ सभापतिविनै पदाधिकारीको बैठक ?



काठमाडौं । पछिल्लो समय कांग्रेसमा सभापति शेरबहादुर देउवा विना नै पदाधिकारी बैठक बसिरहेको छ । मुख्य गरी पार्टीका भ्रातृ संस्थाका विधान टुंग्याउन सभापतिविना पदाधिकारीमात्रै बैठक बसेका हुन् । यस अघिदेखि नै पदाधिकारीहरूले महिला संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघसहितका टुंग्याउने प्रयास गरिरहेका छन् ।

केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले यस अघिदेखि नै सभापतिले विधान टुंग्याउनेसहितका जिम्मा पदाधिकारीलाई दिएको जानकारी दिएका छन् ।
‘यस अघिको कार्यसम्पादन समितिको बैठकले पार्टीका भ्रातृ संस्थाको विधान टुंग्याउने जिम्मा पदाधिकारीहरूलाई दिनुभएको थियो’ केसीले भने, ‘पदाधिकारीलाई मिलाएर ल्याउनुस् म अड्काउदिन भन्नुभएको छ । यसैले पदाधिकारीहरू नियमित सभापतिविना नै बस्दै बैठक बस्दै आउनुभएको छ ।’

अहिलेसम्म पदाधिकारी बैठकले दलित संघको विधान टुंगो लगाए पनि अरुको बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्