बुटवल लुम्बिनीको मार्कीमा विशाल र प्रशिक्षकमा अनन्त



काठमाडौं । अनन्त राज थापा आगामी फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)मा बुटबल लुम्बिनी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

क्लबले बिहीबार आफ्नो वेबसाइटमा मार्की खेलाडी विशाल श्रेष्ठलाई नै निरन्तरता दिँदै प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो । यसअघि प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका थिए । यस्तै टिमको व्यवस्थापमा रविन श्रेष्ठ रहँदा जेनेरल म्यानेजरमा राजु काजी शाक्यले निरन्तरता पाएका छन् ।

गत वर्ष प्लेअफ खेलेको बुटवलले लुम्बिनीले नेपालका पूर्वखेलाडीसमेत रहेका ए लाईसेन्स प्राप्त अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो । उनी शीर्ष डिभिजन लिगमा नेपाल पुलिससँग आवद्ध छन् ।

यता, नेपाल राष्ट्रिय टोलीका सदस्य तथा पुलिस क्लबकै डिफेण्डर रहेका रविनले पहिलो पटक क्लबको व्यवस्थापन हेर्ने भएका हुन् । २७ चैतबाट सुरु हुने भनिएको दोस्रो संस्करणको प्रतियोगितामा १० टोलीको सहभागी हुनेछ । शुक्रबार खेलाडी अक्सन समेत हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्