डोल्पा अपडेटः जिप दुर्घटनाका मृतक सबैको परिचय खुल्यो



डोल्पा : डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखद घटना घटेको छ । सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जिप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । 

१२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कालागौँडा नजिकैको बतासे ओढारमा दुर्घटना भएको हो ।  दुर्घटनामा परि ७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

मृतक सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –१, त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, त्यसै ठाउँकी १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, वडा नम्बर ३ बस्ने ४५ वर्षीय बुध धराला, , वडा नम्बर ५ बस्ने १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका –५, बस्ने ३० वर्षीय भद्र रोकाय र ठूदीभेरी नगरपालिका –३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेको जिल्ला प्रहरी कार्यालयले डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिए । 

घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –२, बस्ने नन्द बहादुर थापा र सोही नगरपालिका –३, बस्ने चालक दिनेश बोहोरा रहेका छन् । थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै शव जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्