शुक्रबारलाई तय नेपाल सुपर लिग अक्सन स्थगित



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भोलि हुने तय भएको अक्सन रोकिने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेएको स्रोतले जानकारी दिएको छ ।

आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार गर्न थालेको र आफ्नो क्लबबाट दर्ता रहेका खेलाडीलाई समावेश गरेर अक्सन गर्ने कुराप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्र क्लबसहित आठ क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै आएको थियो ।

असन्तुष्ट क्लबले दुई पटक बिज्ञपति निकाल्दै अक्सन रोक्न माग गरेको थियो । स्रोतका अनुसार सबै समस्याका समाधान भएपछी मात्रै अक्सन मिति तय हुनेछ। बैठकमा एन्फा अध्यक्ष भने उपस्थित रहेनन्। यस पटक एनएसएलमा १० क्लब रहनेछन्। पहिलो संस्करणमा सात टोली रहदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो।

प्रतिक्रिया दिनुहोस्