विद्यार्थीले बनाए विद्युतीय गाडी



काठमाडौं । थापाथली इन्जिनियरिङ कलेजका १२ जना विद्यार्थीले मैचा नामक विद्युतीय गाडीको निर्माण गरेका छन् ।अक्टोबर २०२० देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शेल ईको म्याराथनमा सहभागी हुने लक्ष्य साथ उक्त विद्युतीय गाडीको निर्माण गरिएको हो ।

विद्यार्थीहरुले मैचाको विभिन्न परिक्षण राईड पनि पुरा गरिसकेका छन् । गाडीका निर्माताहरुले शेल ईको म्याराथन प्रतिस्पर्धाको नियमलाई मान्दै प्रतिस्पर्धामा १ किलावाट प्रति घण्टाको चार्ज वाला ब्याट्रीबाट १५० किलोमिटर बढिको रेन्ज प्राप्त गर्ने लक्ष्य राखेका छन् ।

विद्यार्थीको टोलीले भविष्यमा पनि विभिन्न अन्वेषण र नेपालमा विद्युतिय गाडीको विस्तारबारे अनुसन्धान गर्नेछ । थापाथली इन्जिनियरिङ कलेजको १२ जना विद्यार्थी नेपालबाट शेल ईको म्याराथनमा सहभागी हुने पहिलो टोली पनि हुन् ।

विद्युतीय गाडीको डिजाइन नेवारी सांस्कृतिक पोशाक हाकु पत्तासीबाट प्रेरित भएको छ । गाडीलाई २५० वाट डिसी मोटर र लिथियम आयन ब्याट्रीले पावर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्