भारतमा कोरोना संक्रमितको संख्या दैनिक घट्दै



एजेन्सी । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको संख्या दैनिक घट्दै गइरहेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यहरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार ९२१ जना संक्रमित भएका छन्।

योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन्। भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्।

एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको संख्या पनि घट्दै गइरहेको हो। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेकाको संख्या ४ करोड २३ लाख ७८ हजार ७ सय २१ पुगेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्म ५ लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्