भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंजमा भारत–नेपाल मैत्री क्रिकेट खेल आयोजना



काठमाडौं । भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंजमा भारत–नेपाल मैत्री क्रिकेट खेल आयोजना गरेको छ । आजादीका अमृत महोत्सव अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले उक्त मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

उक्त खेलमा २ टोलीहरू कन्सुल जनरलको टोली (सिजी–११ र सिडिओको टोली (सिडिओ–११) थिए । सिडिओ–११ले टस जितेर पहिले ब्याटिङ रोजिएको थियो। सिडिओ–११ले सिजी–११ लाई ७२ रनको लक्ष्य दिएपनि सिजी–११ ले २ ओभर बाँकी रहँदै लक्ष्यलाई सफलतापूर्वक पछ्यायो।

सडिओ–११ मा नेपालका विभिन्न सरकारी निकायका अधिकारीहरू थिए। खेलको उद्देश्य भारत र नेपालका अधिकारीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउनु र स्वस्थ स्वास्थ्यमा खेलकुदको महत्त्वलाई उजागर गर्नु रहेको भारतीय महावाणिज्य दूतावासले जनाएको छ ।

प्रेस विज्ञप्ति

आजादीका अमृत महोत्सव अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा ०५ मार्च २०२२ मा बीरगंजमा भारत–नेपाल मैत्री क्रिकेट खेल आयोजना गरीएको थियो। सहभागी २ टोलीहरू कन्सुल जनरलको टोली (सिजी–११ र सिडिओको टोली (सिडिओ–११) थिए । सिडिओ–११ द्वारा टस जितेर पहिले ब्याटिङ रोजिएको थियो। सिजी–११ टोलीलाई ७२ रनको लक्ष्य दिइएको थियो । सिजी–११ ले २ ओभर बाँकी रहँदै लक्ष्यलाई सफलतापूर्वक पछ्यायो। सिडिओ–११ मा नेपालका विभिन्न सरकारी निकायका अधिकारीहरू थिए। खेलको उद्देश्य भारत र नेपालका अधिकारीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउनु र स्वस्थ स्वास्थ्यमा खेलकुदको महत्त्वलाई उजागर गर्नु थियो।

प्रतिक्रिया दिनुहोस्