संसद् भंग गरेर निर्वाचनमा जाऔं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । पछिल्लो समय नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि अब त्यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानु नै उत्तम हुने अध्यक्ष नेपालको धारणा छ ।

आइतबार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘संसद्‌मा केपी शर्मा ओली कति सहने ? एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’

प्रतिक्रिया दिनुहोस्