गिरिजाप्रसाद स्मृति हक्की प्रतियोगिता चैतमा



काठमाडौं । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ। विराटनगरको शहीद मैदानमा हुने तय भएको प्रतियोगिता ८ देखि १२ चैतसम्म हुने संयोजक रञ्जन थापाले जनाए । गत वैशाखमा हुने भनिएको प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको थियो ।

यसअघि २०७५ सालमा प्रतियोगिताको पहिलो संस्करण झापा तथा दोस्रो संस्करण २०७६ माघमा विराटनगरमा आयोजना भएको थियो । झापामा भएको प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो। विराटनगरमा भएको दोस्रो संस्करणको रोमान्चक फाइनलमा लुम्बिनी प्रदेशले अघिल्लो संस्करणको विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटमा ५-३ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हक्की टोली हाल विश्व वरीयतामा ८२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्