आइसिसी महिला विश्वकपमा बंगलादेशको लगातार दोस्रो हार



काठमाडौं । आइसिसी महिला विश्वकपमा न्युजिल्यान्डले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको छ । वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा आयोजक न्युजिल्यान्डसामु बंगलादेशले १ सय ४१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य न्युजिल्यान्डले ४२ बल बाँकी हुँदै १ विकेट गुमाएर पुरा ग¥यो ।
प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा न्युजिल्यान्डले उत्कृष्ट ब्याटिङ गरेको थियो ।
१ सय ४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको न्युजिल्यान्डले १ विकेट गुमाएर सहज रुपमा लक्ष्य पूरा ग¥यो ।
प्रतियोगितामा न्युजिल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली वेस्टइन्डिजसँग ३ विकेटले पराजित भएको थियो । यसअघि बंगलादेश भने दक्षिण अफ्रिकासँग ३२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्